वसुन्धरामा एक महिलाको हत्या

काठमाडौं । टोखा–७, वसुन्धरामा गएराति एक महिलाको हत्या भएको छ । ढुंगाले हानेर हत्या गरिएको अवस्थामा सोमबार बिहान महिलाको शव भेटिएको हो । उनको अनुहार नचिनिने अवस्थामा छ । हत्यामा संलग्न व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ । यौन सम्वन्ध राख्न अस्वीकार गरेपछि हत्या भएको हुनसक्ने आशंका प्रहरीले गरेको छ ।